इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

काठमाडौं, २५ फागुन

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका२ चियाबारी घर भएका २ वर्षीय आशिष बुढाथोकी शनिबार पक्राउ परेका छन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरउनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिनधुलीबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२  फेब्रुअरी १४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागिजिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । 

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)