अवैध लागूऔषध सहित तीन जना पक्राउ

अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौं, २१ फागुन​

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २९ मिलिग्राम सहित सुनसरी घर भएका २५ वर्षीय मनिश राई बुधबार दिउँसो पक्राउ परेका छन् । नेपाल एयरलाईन्सको उडानद्वारा हङकङबाट काठमाडौंआएका उनलाई भन्सार कार्यालयको चेकिङ एरियामा जाँच गर्ने क्रममा हातमा लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका–३ डेरा गरी बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका-५ घर भएका २६ वर्षीयअर्जुन श्रेष्ठलाई नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय ४० एम्पुल, फेनारगन ५ सय २० एम्पुल, बुप्रेनोर्फिन ५ सय एम्पुल र मोबाइल १ थान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

​इलाम, सूर्योदय नगरपालिका-११ तीनघरेबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित इलाम नगरपालिका-५ सुम्बेक बस्ने २६ वर्षीययोगेश राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र प्रहरी चौकी तीनघरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)