सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपातको सम्भावना – २०८२ माघ ०९ गते (शुक्रबार)
राष्ट्रिय मौसम पूर्वानुमान
२०८२ माघ ०९ गते (शुक्रबार)
दिउँसो
कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।
सुदूरपश्चिमका केही स्थान तथा कर्णालीका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
राति
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकीका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम हिमपात, बागमतीका एक–दुई स्थानमा हिमपात/वर्षा, तथा कोशी प्रदेशका उच्च पहाडी भू–भागमा हल्का हिमपात/वर्षा हुन सक्नेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा असिनासहितको मेघगर्जन को पनि सम्भावना छ।
प्रदेशगत मौसम पूर्वानुमान
कोशी प्रदेश
-
दिउँसो: हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा
-
राति: हिमाली क्षेत्रमा आंशिक बदलीसहित एक–दुई स्थानमा हल्का वर्षा/हिमपात
मधेश प्रदेश
-
दिउँसो: तराई क्षेत्रमा मौसम मुख्यतया सफा
-
राति: तराई क्षेत्रमा आंशिक बदली
बागमती प्रदेश
-
दिउँसो: हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा सफा
-
राति: साधारणतया बदली, हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेश
-
दिउँसो: हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली
-
राति: हिमाली क्षेत्रमा मध्यम वर्षा/हिमपात, पहाडी र तराईका केही स्थानमा वर्षाको सम्भावना
लुम्बिनी प्रदेश
-
दिउँसो: हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा सफा
-
राति: हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात, पहाडी तथा तराईमा मध्यम वर्षाको सम्भावना
कर्णाली प्रदेश
-
दिउँसो: साधारणतया बदली, थोरै स्थानमा हल्का वर्षा/हिमपात
-
राति: केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपात
सुदूरपश्चिम प्रदेश
-
दिउँसो: साधारणतया बदली, पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा
-
राति: केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपात



प्रतिकृया दिनुहोस्