सय बर्षपछि फागु पुर्णिमामा चन्द्रग्रहण तर नेपालमा भने देखिने छैन, तीन राशीलाई फाइदा

सय बर्षपछि फागु पुर्णिमामा चन्द्रग्रहण तर नेपालमा भने देखिने छैन, तीन राशीलाई फाइदा

काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात १२ चैत्रमा लाग्दैछ । तर, याे चन्द्रग्रहण नेपाल र भारतलगायतकाे क्षेत्रमा भने देखिदैँन, चन्द्रग्रहण समय यस वर्ष सय वर्ष पछि होलीमा चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण फागुन १२ अर्थात २५ मार्च बिहान १०:२३ मा सुरु हुनेछ र यो ०३:०२ बजे समाप्त हुनेछ। यो चन्द्रग्रहण नेपाल तथा भारतमा नदेख्ने भएकाले यसको सुतक अवधि पनि मान्य हुने छैन ।

आयरल्याण्ड, इङ्गल्याण्ड, स्पेन, पोर्चुगल, इटाली, जर्मनी, फ्रान्स, हल्याण्ड, बेल्जियम, दक्षिणी नर्वे, स्विट्जरल्याण्ड, उत्तर र दक्षिण अमेरिका, जापान, रुसको पूर्वी भाग, पश्चिमी अस्ट्रेलिया बाहेक अष्ट्रेलियाको बाँकी भाग र अफ्रिकाको अधिकांश भूभागबाट भने देखिनेछ। चन्द्र ग्रहणको दिन नकारात्मक शक्ति बढी सक्रिय हुन्छ । त्यसैले ज्योतिषशास्त्र अनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्छ । यसै दिन तराइ मधेसमा होली पनि मनाइन्छ ।