एकैदिन देशभर सवारी दुर्घटनामा जनाको ज्यान गयो
काठमाडौं, २८ मंसिर — देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाले ६ जनाको ज्यान लिएको छ। मोरङदेखि तनहुँसम्म भएका दुर्घटनाले फेरि एकपटक सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।
मोरङ: ट्याक्टर दुर्घटनामा युवकको मृत्यु
सुन्दरहरैँचा नगरपालिका–६ गौरीगाउँमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय अतित राईको मृत्यु भयो। गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा ज्यान गएको हो। ट्याक्टर चालक प्रहरी नियन्त्रणमा छन्।
पैदलयात्रीमाथि मोटरसाइकलको ठक्कर — २ जनाको मृत्यु
-
ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकलको ठक्करबाट ५२ वर्षीय सुरेश कुमार सरदारको मृत्यु।
-
धनपालथान गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट ५० वर्षीय शिवचरण माझीको ज्यान गयो।
दुवै घटनामा मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अनियन्त्रित मोटरसाइकल: थप ३ जनाको ज्यान गयो
-
महोत्तरी पिपरा–६ मा दुर्घटनामा २४ वर्षीय राम केवल मण्डलको मृत्यु
-
चितवन कालिका–९ मा २४ वर्षीय साजन चेपाङको ज्यान गयो
-
तनहुँ ब्यास–१२ मा दुर्घटनामा २९ वर्षीय शंकर विकको मृत्यु
सबै घटनामा गम्भीर घाइतेलाई अस्पताल पुर्याइए पनि उपचारका क्रममा ज्यान जोगिन सकेन। केही घाइतेको उपचार अझै जारी छ।
प्रहरीको भनाइ
प्रहरीका अनुसार दुर्घटनाका कारण, गति, लापरवाही र सवारी अवस्था लगायत विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।



प्रतिकृया दिनुहोस्