“११ महाधिवेशनको सन्देश एकता हो” : केपी ओली “यो अभियान पार्टीको होइन, देश जोगाउने अभियान हो”

“११ महाधिवेशनको सन्देश एकता हो” : केपी ओली “यो अभियान पार्टीको होइन, देश जोगाउने अभियान हो”

काठमाडौँ, मंसिर २७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले सशक्त एकताको सन्देश दिएको बताउनुभएको छ। शनिबार भक्तपुरमा सम्पन्न महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले एमालेको यो महाधिवेशन सामान्य राजनीतिक कार्यक्रम नभई देश जोगाउने अभियान भएको स्पष्ट पार्नुभयो।

“महाधिवेशनमा देखिएको जनसहभागितालाई कसैले अण्डरमाइण्ड नगरोस्,” भन्दै ओलीले चेतावनीसमेत दिनुभयो।

ओलीले एमालेले देशलाई गलत दिशामा जान नदिने दृढ प्रतिबद्धता व्यक्त गर्दै देशको अभिभारा एमालेले नै पूरा गर्ने दाबी गर्नुभयो।
“देशलाई लोकतन्त्रमा फर्काएर छाडिन्छ, संसद् पुनर्स्थापना गरेर छाडिन्छ,” ओलीको कडा सन्देश।

११औँ महाधिवेशनको मूल सन्देश एकता भएको उल्लेख गर्दै ओलीले प्रतीकात्मक शैलीमा भने—
“एक र एक मिलेर मात्र ११ बन्छ, छुट्टिएपछि फगत एक मात्रै रहन्छ।”

उनले एकतामै शक्ति, स्थायित्व र देशको भविष्य रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गर्नुभयो।

“एमाले एकताबद्ध भयो भने देश सुरक्षित हुन्छ।”