महाधिवेशनको ‘हाइ भोल्टेज’ माहोल: केपी ओली आज सम्पादकहरूसँग आमनेसामने

महाधिवेशनको ‘हाइ भोल्टेज’ माहोल: केपी ओली आज सम्पादकहरूसँग आमनेसामने

काठमाडौँ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज सम्पादकहरूसँग खुला छलफल र अन्तरक्रिया गर्दैछन्। प्रेस चौतारीले आयोजना गरेको कार्यक्रम बिहीबार दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी प्यालेसमा हुने छ।

प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेका अनुसार—

“महाधिवेशनलगायत संगठनात्मक तथा राजनीतिक विषयमा अध्यक्षज्यूसँग सीधा अन्तरक्रिया गर्ने व्यवस्था मिलाइएको छ।”


ओली र पोखरेल समूहको ‘प्यारालेल शो’—महाधिवेशन नजिकिँदै प्रतिस्पर्धा खुला मैदानमा

एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले छुट्टाछुट्टै कार्यक्रममार्फत शक्ति प्रदर्शन गरिरहेका छन्।

  • संस्थापन (ओली) पक्ष — प्रेस चौतारी को ब्यानरमा अन्तरक्रिया

  • पोखरेल पक्ष — नेताहरूसँग सामूहिक अन्तरक्रिया गर्दै ‘प्यारालेल क्याम्पेन’

बुधबार मात्र ईश्वर पोखरेलले सम्पादकहरूसँग अन्तरक्रिया गरेका थिए। आज भने ओली आफैं मञ्चमा उत्रिदै सिनियर पत्रकारहरूका प्रश्नहरूको सामना गर्न तयार छन्।


‘दोहोरो अन्तरक्रिया’ ले महाधिवेशनको तातो तापक्रम झनै बढायो

ओली र पोखरेल समूहले क्रमशः छुट्टाछुट्टै अन्तरक्रिया गर्दै चुनावी माहोल एकदमै रोमाञ्चक र प्रतिष्पर्धात्मक बनाएका छन्। दुवै पक्षले आफ्नो नेतृत्व क्षमता, प्रभाव र समर्थन आधार प्रस्तुत गर्दै महाधिवेशनपूर्व शक्ति परिक्षण गरिरहेका छन्।


महाधिवेशन अब दुई दिन मात्र!

एमालेको चर्चित ११औँ महाधिवेशनको उद्घाटन सत्र शनिबार भक्तपुरको सल्लाघारीमा हुनेछ।
बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ—जहाँ नेतृत्व चयनको निर्णायक क्षण तय हुनेछ।