जनसभा व्यापक बनाउन प्रदिप ज्ञवाली सक्रिय—आज मूल समितिमा निर्णायक प्रस्तुति

जनसभा व्यापक बनाउन प्रदिप ज्ञवाली सक्रिय—आज मूल समितिमा निर्णायक प्रस्तुति

दुई दिनअघि नै शीर्ष नेतृत्व सक्रिय, १४ समितिका संयोजकहरूको रिपोर्टिङ सुरू

काठमाडौँ ।
नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको उत्साह, दवाब र भीड व्यवस्थापन सबै एकैसाथ बढिरहेको बेला आज केहीबेरमै मूल व्यवस्थापन समितिको महत्वपूर्ण बैठक बस्दैछ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन अब मात्र दुई दिन बाँकी रहँदा सम्पन्न तयारी र बाँकी नियोजनका विषयमा निर्णायक छलफल हुनेछ।


मुख्य फोकस—“जनपरिचालन विस्फोटक बनाउने”

गौतम भन्छन्—

“आज उपमहासचिव प्रदीप ज्ञवालीले जनपरिचालनको तयारीबारे विस्तृत रिपोर्टिंग गर्नुहुन्छ। उद्देश्य—अधिकतम कार्यकर्ता परिचालन गर्दै जनसभा ऐतिहासिक बनाउनु।”

यसै क्रममा विभिन्न अन्य उपसमितिहरूबाट पनि जनसहभागिता कसरी बढाउने? कताबाट कति सहभागी? कसरी व्यवस्थापन गर्ने? भन्ने सुझाव प्रस्तुत हुनेछन्।


नेतृत्व संरचना:

  • संयोजक: महासचिव शंकर पोखरेल

  • सचिव: उपमहासचिव पृथ्वी सुब्बा गुरुङ

पार्टीका अनुसार यी दुई शीर्ष पदाधिकारी आजको बैठकलाई “निर्णायक ब्रिफिङ–सेसन” बनाउँदैछन्।


१४ समितिका संयोजकहरू लाइनमा—सबैको रिपोर्ट एकै दिन

आजकै बैठकमा १४ वटै समितिका संयोजकहरूले आफ्नो–आफ्नो तयारी, व्यवस्था, जनसञ्‍चार, सुरक्षा, आर्थिक व्यवस्थापनदेखि सम्पूर्ण पूर्वाधारसम्मका योजना प्रस्तुत गर्दैछन्।

महासचिव पोखरेलले सबै समितिलाई

“भूमिका अझ प्रभावकारी बनाउने”
निर्देशन दिने तयारी गरेको स्रोतहरूले जनाएका छन्।


उद्घाटन समारोहको पहिलो झलक आजै!

बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारूप पनि प्रस्तुत हुँदैछ। कस्ले बोल्ने? कसरी सुरू गर्ने? के–के प्रस्तुति गर्ने?— यी सबै आजै टेबलमा खुल्नेछन्।