काठमाडौंमा घरभित्र चोरी : लाखौंको धनमाल हरायो

काठमाडौंमा घरभित्र चोरी : लाखौंको धनमाल हरायो

काठमाडौं, २४ मंसिर

काठमाडौंका विभिन्न ठाउँमा बुधबार दुई घरमा ठूलो चोरी भएको छ।

  • नागार्जुन–७ स्युचाटार: ४१ वर्षीय गंगेस मिश्रको घरबाट ल्यापटप २ थान, मोबाइल ३ थान र नगद गरी करिब १ लाख ५८ हजार रूपैयाँबराबरको धनमाल चोरी भयो।

  • तारकेश्वर–४, पुरानो गुहेश्वरी डेरा: २४ वर्षीया सम्झना गुरूङको कोठाबाट करिब ४ लाख ६५ हजार ६ सय रूपैयाँ बराबरका सुनका विभिन्न गरगहना चोरी भएका छन्।

प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्दै आवश्यक अनुसन्धान गरिरहेको छ।