सिन्धुलीमा आगलागी : करिब ३ लाख बराबरको धनमाल जलेर नष्ट

सिन्धुलीमा आगलागी : करिब ३ लाख बराबरको धनमाल जलेर नष्ट

सिन्धुली, २४ मंसिर

मरिण गाउँपालिका-१, भदौरे बस्ने ६३ वर्षीय भीम बहादुर थापा मगरको घर बुधबार बिहान आगलागीमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ भने प्रहरीले आगलागीसँग सम्बन्धित आवश्यक अनुसन्धान गरिरहेको छ।