एमाले महाधिवेशन तातियो: उपमहासचिव प्रदीप ज्ञवाली घर–घर निमन्त्रणा लिएर मैदानमा
काठमाडौं, मंसिर २४ ।
आगामी मंसिर २७ देखि काठमाडौंमा सुरु हुने नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनलाई भव्य बनाउन पार्टीले सुरु गरेको घरदैलो निमन्त्रणा अभियान आज राजधानीभर चर्चाको विषय बनेको छ।
आज बिहान काठमाडौं–२ को वीरेन्द्र चोक–काँडाघारी क्षेत्रबाट औपचारिक रूपमा थालनी गरिएको यो अभियानको नेतृत्व एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गर्नुभयो। पार्टी घर–घर पुगेर साधारण सदस्यदेखि शुभचिन्तकसम्मलाई महाधिवेशनमा उपस्थित हुन अनुरोध गरिरहेको छ।
अभियानको समन्वय राजनैतिक ब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गर्नुभएको हो। कार्यक्रममा वाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायत केन्द्रीय नेताहरूको उल्लेखनीय सहभागिता
-
एमालेलाई महाधिवेशनमा ३ लाखभन्दा बढी सहभागिता जुटाउने ठूलो लक्ष्य!
-
राजधानीका सडकदेखि बस्ती–टोलसम्म सक्रिय घरदैलो अभियान।
-
शीर्ष नेताहरूको प्रत्यक्ष सहभागिताले जनस्तरमा महाधिवेशनको चर्चा झन् बढाएको।
भुइँ–स्तरमा देखिएको उत्साह
सर्वसाधारणले नेताहरूलाई घरैमा आएर निमन्त्रणा दिएको दृश्यले सामाजिक सञ्जालभर चर्चा बढेको छ। कतिपयले यस्ता अभियानले पार्टी–जनता नजिकिएको देखिन्छ भनी प्रतिक्रिया दिइरहेका छन्।



प्रतिकृया दिनुहोस्