नेपालभर लागूऔषध रोकथामको ठूलो सफलता! ११ जना पक्राउ, ट्रामाडोलदेखि ब्राउनसुगर र गाँजासम्म बरामद
काठमाडौं, २१ मंसिर —
नेपालका विभिन्न स्थानमा शनिबार राति र दिउँसो अवैध लागूऔषध नियन्त्रणमा प्रहरीले ठूलो कार्रवाई गरेको छ।
काठमाडौं–सुन्धाराबाट किशोर पक्राउ
काठमाडौं महानगरपालिका–११, सुन्धाराबाट नागार्जुन–६ का १८ वर्षीय किशोरलाई ट्रामाडोल ४५० ट्याब्लेटसहित पक्राउ गरिएको छ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
धरान–साबिर ग्यारेजमा १ सय ४९ किलो गाँजा
सुनसरी, धरान–१३ स्थित साबिर गाडी ग्यारेजमा ईन्द्र लिम्बु (२९), जिपसन लिम्बु (२५), साबिर आलम (२६) लाई १४९ किलो गाँजासहितपक्राउ गरिएको छ।
पक्राउ पर्नेहरूलाई ग्यारेजमा तलासी गर्दा १ बोलेरो पिकअप समेत बरामद गरिएको थियो।
धरान–पिण्डेश्वरीमा ट्रामाडोल र डिकोलिक
धरान उपमहानगरपालिका–१५ पिण्डेश्वरीबाट भलराम श्रेष्ठ (२३) लगायत २ जनालाई ट्रामाडोल ४०० ट्याब्लेट र डिकोलिक ४०० ट्याब्लेटसहित पक्राउ गरिएको छ।
सर्लाही–हरिवनमा ५१.५ किलो गाँजा बरामद
सर्लाही, हरिवन–५ हिरालाल टोलमा सुरेन्द्र राय यादव (३७) लाई ५१ किलो ५ सय ग्राम गाँजा सहित पक्राउ गरिएको छ।
पक्राउ क्रममा एम्बुलेन्समा लुकाई छिपाई राखेको गाँजा फेला परेको थियो।
रूपन्देही र बर्दियामा ब्राउनसुगर नियन्त्रण
-
रूपन्देही, कोटहीमाई–५ मझगवाबाट सुभान केबट (२०) लाई ९१० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ।
-
बर्दिया, बढैयाताल–२ फुटाह सागुनघारीबाट तौफिक खाँ (२५) लाई ३.५८ ग्राम ब्राउनसुगर सहित पक्राउ।
प्रहरीले सबै पक्राउ परेकालाई आवश्यक अनुसन्धान र कारबाहीको लागि नियन्त्रणमा राखेको छ।
यो कार्रवाईले देशभर लागूऔषधको कृषि, बिक्री र वितरण नेटवर्कमा ठूलो धक्का पुगेको बुझिएको छ।



प्रतिकृया दिनुहोस्