देश बनाउनेलाई हौसला, देश जलाउनेलाई NO : प्रदीप ज्ञवाली
काठमाडौँ — नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली द्वारा सामाजिक सञ्जालमार्फत गरिएको ताजा अपिल अहिले विभिन्न प्लेटफर्महरूमा तीव्र गतिमा भाइरल बनेको छ।
मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई उनले जनसहभागिताले निर्णायक मोडदिनसक्ने भन्दै अपिल गरेका हुन्।
फेसबुकमा उनले लेखे—
“१ दिनको उपस्थितिले ख़ास अर्थ राख्छ भने किन उपस्थित नहुने? आउनुहोस्, मङ्सिर २७ गते सल्लाघारी जाऔँ र देश बनाउनेलाई हौसला दिऔँ, देश जलाउनेलाई ‘NO’ भनौँ।”
उनको पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा राजनीतिक चर्चा, प्रतिक्रियाहरू र सेयर संख्या तीव्र रूपमा बढिरहेको देखिन्छ।
महाधिवेशनलाई ‘सबैभन्दा ठूलो उत्सव’
ज्ञवालीका अनुसार एमालेको महाधिवेशन उद्घाटन समारोह पार्टी परिवारका लागि सबैभन्दा ठूलो उत्सव मात्र नभई लोकतन्त्रको पक्षमा जनताको बुलन्द प्रतिध्वनि पनि हो।
उनले चेतावनी दिँदै भने—
“राजनीतिक दलहरू कमजोर या शिथिल हुँदा त्यस रिक्तताको ठाउँ अराजक शक्तिहरूले लिन्छन्। पार्टीहरूले सक्रिय भूमिका नखेले प्रतिगामीहरूले टाउको उठाउन खोज्छन्।”
यही सन्देशले धेरै प्रयोगकर्ताको ध्यान तानेको छ।
२०६२ को जनप्रदर्शनसँग तुलना
ज्ञवालीले यस पटकको जनउपस्थितिलाई २०६२ साल मङ्सिर ४ गते बुटवलमा एमालेले गरेको जनप्रदर्शनसँग तुलना गरेका छन्।
उनका अनुसार त्यो प्रदर्शनले माघ १९ को शाही ‘कु’ पछि देशमा छाएको सन्नाटालाई भत्काउँदै ऐतिहासिक आन्दोलनको जग बसालेको थियो।
त्यसैगरी—
“मङ्सिर २७ को उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडको रूपमा भूमिका खेल्नेछ।”
भनेर उनले दाबी गरेका छन्।



प्रतिकृया दिनुहोस्