काठमाडौं र धनुषामा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत अवस्थामा फेला — प्रहरी अनुसन्धान जारी

काठमाडौं र धनुषामा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत अवस्थामा फेला — प्रहरी अनुसन्धान जारी

काठमाडौं, ७ मंसिर —
काठमाडौं–२८ इच्छुमति गल्लीमा डेरा गरी बस्ने, धादिङ थाक्रे–७ घर भएका ५० वर्षीय कुमार कुँवर शनिबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्। मृत्युको कारणबारे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ।

यस्तै, धनुषाको कमला नगरपालिका–२ सराबेस्थित एक सार्वजनिक धर्मशालाभित्र अन्दाजी ५० वर्षीय एक अज्ञात पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्। मृतकको नाम, थर र वतन खुल्न बाँकी छ।

दुवै घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।