‘क्यामेरा भवन’ पुगेपछि मन्त्री खरेलले भने– “मन्दिरमै आएको जस्तो लाग्यो!”

‘क्यामेरा भवन’ पुगेपछि मन्त्री खरेलले भने– “मन्दिरमै आएको जस्तो लाग्यो!”

काठमाडौँ, ४ मङ्सिर — त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नयाँ ‘क्यामेरा भवन’ अवलोकन गर्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भवन प्रवेश गर्दैै गर्दा नै “मन्दिर पुगेको अनुभूति” भएको टिप्पणी गरेपछि सामाजिक सञ्जाल तात्तिएको छ।

मन्त्री खरेलले बल्खुमा बनेको आधुनिक सुविधायुक्त क्यामेरा भवनबारे अवलोकन गर्दै भने—
“यहाँ आउँदा श्रद्धा, सद्भाव र भावनात्मक जोड महसुस भयो, विद्यार्थीको सपना पूरा गर्ने घरमा आएको ‘फिल’ भयो।”

संकुचित कक्षाबाट आधुनिक स्टुडियोसम्म… मन्त्री खरेल भावुक

रत्नराज्य क्याम्पसमा साँघुरो कक्षामा पत्रकारिता पढेको आफ्नै अनुभव सम्झँदै मन्त्री खरेलले आधुनिक स्टुडियो, सभाहल, पुस्तकालय र मल्टिमिडिया कक्ष देखेपछि “अक्क न बक्क” परेको बताइएको छ।
उहाँले विभागको शैक्षिक स्तर, पूर्वाधार र भविष्यको योजनालाई सरकारबाट पूर्ण सहयोग दिने आश्वासनसमेत दिए।

छिट्टै ‘डिजिटल मिडिया प्रोडक्सन’ र ‘फिल्म स्टडिज’ कार्यक्रम

विभागीय प्रमुख डा. कुन्दन अर्यालका अनुसार विभाग छिट्टै नै नयाँ कार्यक्रम सुरु गर्दै छ।
विश्वकै विश्वविद्यालयसँग सहकार्य, अन्तर्राष्ट्रिय सम्मेलन, स्रोतसाधन जुटाउने अभियानलाई शीर्ष प्राथमिकतामा राखिएको छ।

९२ वर्षीय दिग्गज प्राध्यापक लालदेउसा राईको घरमै पुगेर सम्मान

अवलोकनपछि मन्त्री खरेल पत्रकारिता शिक्षा र अभ्यासका जीवित इतिहास प्राध्यापक लालदेउसा राईको बनस्थलीस्थित निवासमै पुगे।
राईको स्वास्थ्यबारे जानकारी लिएर दीर्घायु र सुस्वास्थ्यको कामना गरेका मन्त्रीले भने—
“हजुरका विद्यार्थीहरू आज राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिकामा छन्। यो तपाईंको योगदानको पहिचान हो।”

प्रोफेसर राईले पनि Nepalese Journalism लाई दक्षिण एसियाकै नेतृत्वमा पु¥याउने लक्ष्य राख्नुपर्ने सुझाव दिए।
९२ वर्षको उमेरमा पनि अध्ययन–लेखनमा सक्रिय राई ४० वर्षभन्दा बढी त्रिविमा अध्यापन गराइसकेका छन्।

विद्यार्थीको प्रतिक्रिया: “मन्त्री भए पनि ‘गुरु’ प्रति गरेको सम्मान लेजेन्डरी!”

मन्त्री खरेलले गुरु राईप्रति गरेको आदर देखेर विद्यार्थी भावुक भएका छन्।
सामाजिक सञ्जालमा प्रतिक्रिया आउँदैछ—
“अहिलेका मन्त्रीहरूलाई यस्तै नम्रता सिक्नुपर्छ।”
“पत्रकारिता पढेका मन्त्रीले मात्रै यस्तो भावनात्मक सम्मान गर्न सक्छन्।”


यो भेट, अवलोकन र अभिव्यक्तिले पत्रकारिता जगतलाई नयाँ ऊर्जा दिएको छ।