संसद् पुनर्स्थापनाको औचित्यता झनै बलियो – उपमहासचिव प्रदीप ज्ञवाली
काठमाडौं, मंसिर ४
देशभर राजनीतिक तापक्रम चुलिएका बेला नेकपा एमाले द्वारा आज गरिएको सचिवालय बैठकमार्फत संसद् पुनर्स्थापनाको माग अब झनै औचित्यमय बनेको दाबी गरेको छ। पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, सरकारको अकर्मण्यता र मुलुकमा बढ्दो अराजकताले एमालेले उठाइरहेको मुद्दा थप व्यवहारिक र आवश्यक बनेको हो।
११ औँ महाधिवेशनका लागि समितिहरू गठन
मंसिर २७–२९ मा काठमाडौंमा हुने पार्टीको ११ औँ महाधिवेशनलाई लक्षित गर्दै आजको बैठकले विभिन्न महत्त्वपूर्ण समितिहरू गठन गरेको छ।
यसअघि बनाइएका व्यवस्थामा केही सामान्य हेरफेर गरिएको पनि उपमहासचिव ज्ञवालीले जानकारी दिए।
महाधिवेशन तयारीका ११ प्रमुख समिति (संयोजक/सचिवसहित)
प्रतिनिधि व्यवस्थापन समिति
— संयोजक: काशीनाथ अधिकारी
— सचिव: माधव ढुंगेल
जनपरिचालन समिति
— संयोजक: प्रदीप ज्ञवाली
— सचिव: राजन भट्टराई
आवास व्यवस्थापन समिति
— संयोजक: छविलाल विश्वकर्मा
— सचिव: लालबाबु पण्डित
खाद्य व्यवस्थापन समिति
— संयोजक: लेखाराज भट्ट
— सचिव: भीष्म अधिकारी
यातायात व्यवस्थापन समिति
— संयोजक: गोकर्ण विष्ट
— सचिव: रचना खड्का
अतिथि सत्कार समिति
— संयोजक: रघुवीर महासेठ
— सचिव: महेश बर्तौला
स्वयंसेवक परिचालन समिति
— संयोजक: भानुभक्त ढकाल
— सचिव: विनोद पाण्डे
प्रचार समिति
— संयोजक: पद्मा अर्याल
— सचिव: राजेन्द्र गौतम
मञ्च व्यवस्थापन समिति
— संयोजक: विनोद श्रेष्ठ
— सचिव: लोकबहादुर भण्डारी
स्वास्थ्य समिति
— संयोजक: कृष्णगोपाल श्रेष्ठ
— सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष
आर्थिक समिति
— संयोजक: विष्णु रिमाल
— सचिव: विना श्रेष्ठ



प्रतिकृया दिनुहोस्