‘तीनकुनेका सहिद पत्रकार’ सुरेश रजकका परिवारलाई सरकारको ठूलो निर्णय, पत्नी सुजनलाई सुरक्षण मुद्रणमा रोजगारी

‘तीनकुनेका सहिद पत्रकार’ सुरेश रजकका परिवारलाई सरकारको ठूलो निर्णय, पत्नी सुजनलाई सुरक्षण मुद्रणमा रोजगारी

काठमाडौँ, २ मङ्सिर।
तीनकुने आगजनीमा ड्युटीमै ज्यान गुमाएका दिवंगत पत्रकार सुरेश रजकका परिवारलाई सरकारकै पहलमा रोजगारी प्रदान गरिएको छ—यसले सामाजिक सञ्जालमा ठूलो चर्चा बटुल्दैछ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलमा सुरक्षण मुद्रण केन्द्रमा रजककी पत्नी सुजन मगियालाई कम्प्युटर अप्रेटरपदमा नियुक्त गरिएको हो।
एक औपचारिक कार्यक्रममार्फत कार्यकारी निर्देशक देवराज ढुङ्गानाले नियुक्तिपत्र हस्तान्तरण गरे।


प्रदर्शन कवरेजका क्रममा आगलागी—पत्रकार रजकको दुखद निधन

विसं २०८१ चैत १५ मा तीनकुनेमा जारी प्रदर्शनको रिपोर्टिङ गर्दै गर्दा भएको आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए।
उनको मृत्युले नेपाली पत्रकारिता समुदायलाई ठूलो पिडा दिएको थियो।


“पत्रकार सदैव जोखिममा हुन्छन्, राज्यले अभिभावक बन्नुपर्छ”—मन्त्री खरेल

मन्त्री खरेलले भने,

“सुरेशले जोखिम मोलेर जनताको पक्षमा काम गरिरहेका थिए। उहाँप्रति सम्मानस्वरूप परिवारलाई रोजगारीको व्यवस्था गरिएको हो। यो कदमबाट केही सान्त्वना मिलोस् भन्ने चाहना हो।”

उहाँले रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अघि बढिरहेको समेत जानकारी दिए। साथै, परिवारका सदस्यलाई निःशुल्क उच्च शिक्षादिलाउन पनि सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।


परिवारका माग– सहिद घोषणा, सालिक निर्माण र दोषीमाथि कारबाही

दिवंगत रजकका आफन्त पुरुषोत्तम मगियाले तीनकुने दुर्घटनामा दोषीमाथि कडा कारबाही,

  • रजकलाई सहिद घोषणा,

  • तीनकुनेमा सालिक निर्माण,

  • र परिवारलाई दिगो सहयोगको व्यवस्था
    गरिदिन सरकारसँग माग दोहोर्याए।- Source 📸📸✍🏻✍🏻 CB Adhikari