कास्की र ललितपुरमा हतियारसहित पक्राउ

कास्की र ललितपुरमा हतियारसहित पक्राउ

कास्की, २४ कात्तिक – पोखरामा आइतबार साँझ १६ वर्षीय किशोर पेस्तोलसहित पक्राउ परे।

पोखरा महानगरपालिका–२, बाग्लुङ बसपार्क बस्ने किशोरको कोठा वडा प्रहरी कार्यालय बगर बाट तलासी गर्दा पेस्तोल १ थान फेला परेको प्रहरीले जनाएको छ।


ललितपुर, २४ कात्तिक – त्यही दिन बागमती गाउँपालिका–५, इकुडोलका २८ वर्षीय सूर्यमान थिङलाई भरुवा बन्दुक १ थान सहित पक्राउ गरिएको छ।

प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
दुवै घटनामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।