मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १ असोज    

काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित चुनदेवी गेष्टहाउसको कोठा नम्बर २०३ मा गत असोज १२ गतेदेखि बस्दै आएका मकवानपुर मकवानपुरगढी गाउँपालिका-३ घर भएका ४४ वर्षीय सोम बहादुर स्याङतान सोही कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बद्धपार्क नजिक डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका-२ घर भएका ३५ वर्षीय राजु तामाङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

दार्चुला, ब्यास गाउँपालिका-१ राकमस्थित तिङकर खोलाको किनारमा दाङ घोराही उपमहानगरपालिका११ घोराही बस्ने ४८ वर्षीय जितमान चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी दार्चुला, महाकाली नगरपालिका४ बाङगाबगरस्थित माहाकाली नदको किनारमा सोही नगरपालिका-१ लास्कु बस्ने ३६ वर्षीय देबेन्द्र कामी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

पाँचथर, तुम्बेवा गाउँपालिका-२ भर्लिनी खोलसीमा सोही गाउँपालिका भालु खोप बस्ने ५७ वर्षीय देव कुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, राप्ती गाउँपालिका-१ भालुवाङस्थित राप्ती नदीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिलाशनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरदाङ, गढवा गाउँपालिका-२ टाकुराटोल बस्ने ५२वर्षीय कृष्ण परियार आफ्नै घर जिकै रहेको गोरेटो बाटोमा शनिबार मृत अस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।