डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, १८ असोज    

उदयपुर, त्रियुगा नगरपालिका-५ दमैती बस्ने रौतामाई गाउँपालिका-३ पाकाना सैलेनी घर भएका उजन राईकी छोरी ३ वर्षीया रेबिका राईको घर नजिकै रहेको अम्बिका खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१० तिल्केनी बस्ने शंकर गिरीको छोरा १२ वर्षीय अनमोल गिरीको सोही ठाउँस्थित पानी जमेको खाडल पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।