मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १२ असोज

काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित युवराज गेष्ट हाउसको ३०२ नम्बर कोठामा झापा गौरादह नगरपालिका-१ घर भएका ३१ वर्षीय युवराज चौहान शनिबार मृत अवस्थामा फेलारेका छन् ।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१ पुर्नबासस्थित गोरेटो बाटोमा सोही नगरपालिका-७ बस्ने ६४ वर्षीय चुडामणी सुवेदी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, कन्काई नगरपालिका-४ कोटीहोमस्थित बाटो छेउमा शिवसताक्षी नगरपालिका-२ बस्ने ६४ वर्षीय मित्र बहादुर लिम्बु शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर, पुनर्वास नगरपालिका (ङ) गाँउ बस्ने ६० वर्षीयलक्षि कामी सोही ठाउँस्थित चिउरा मिल नजिक रहेको धान खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।