आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बाजुरा, १० भदौ

​जगन्नाथ गाउँपालिका-१ ढाँडाकोट बस्ने ४८ वर्षीयबिर्ख दमाईको घरमा बिहीबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

​यसैगरी बाजुरा, हिमाली गाउँपालिका-५ बच्छ्या बस्ने ५० वर्षीय चाउरे बुढाको घरमा बिहीबार साँझ आगलागी हुँदा करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।