स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

मोरङ, ७ असोज

​विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रूपैयाँ सहित सोही महानगरपालिका-१८ बस्ने ४१ वर्षीय बिरेन्द्र साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

​अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीलेभारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ५८५१ नम्बरको मोटरसाइकलामा सवार उनलाई उक्त रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।