करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, ७ असोज

सिराहा, सिरहा नगरपालिका-१० पदमपुर २६ वर्षीय दिपु मण्डलको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घर अगाडि ट्याक्टर धुने क्रममा ट्याक्टर पछाडी ट्रली उठाउँदाविद्युतको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक  अस्पताल सिराहामा उपचार क्रममा मृत्यु भएको हो ।

धनुषा, कमला नगरपालिका-५ तरीया टोल बस्ने ३० वर्षीयासंजु देवी यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।आफ्नै घरमा विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।