जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

रौतहट, ७ असोज

मौलापुर नगरपालिका-९ सोनारनियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय महेश मुखियासमेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ६ सय ७५ नेपाली रूपैयाँ, ३ हजार ५ सय भारतीय रूपैयाँ र तास ५ बुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।