लोकप्रिय, विज्ञानाचार्य,सर्बदर्शी, युवा ज्योतिष प्रबिण तिमिल्सेनाको परिचय
बिज्ञानाचार्य सर्बदर्शी ज्योतिष प्रबिण तिमिल्सेनाको सामान्य परिचय
🧠 शैक्षिक पृष्ठभूमि
युवा ज्योतिषी प्रबिण तिमिल्सेनाको जन्म चितवन जिल्लाको भरतपुर महानगरपालिका–२१, पार्वतिपुरमा भएको हो। उनले सन् 2018–2020 (वि.सं. २०७५–२०७७) को ब्याचमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागबाट रसायनशास्त्र (Chemistry) मा स्नातकोत्तर (M.Sc.) प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए।
विद्यालयदेखि विश्वविद्यालयसम्मका सबै कक्षाहरूमा उनले सधैं प्रथम श्रेणीमा सफलता हासिल गरे। उनी जिवनमा पढाईको क्षेत्रमा अनुत्तीर्ण कहिल्यै भएनन्।बरु पढाईको दौडानमा केहि कक्षाहरुमा Topper नै भए।सरकारी विद्यालयमा अध्ययन गरेका तिमिल्सेना सधैं अब्बल दर्जाका विद्यार्थी रहँदै आएका थिए।
🔮 ज्योतिष यात्रा र साधना
प्रबिणले १५ वर्षको उमेरदेखि आफ्ना पिताजी, ज्योतिषी बाबुराम तिमिल्सेनासँग ज्योतिष विद्याको अध्ययन सुरु गरेका थिए। उनका पिताजीका गुरु राजसी ज्योतिष स्व. कमलराज भण्डारी थिए, जसले उनलाई यो क्षेत्रमा गहिरो प्रेरणा दिएका थिए। सानैदेखि विभिन्न धामी, झाँक्री, तान्त्रिकसँग सम्पर्कमा आएका उनले वैदिक ज्योतिष शास्त्र, आधुनिक ज्योतिष शास्त्र,समुद्रशास्त्र, तान्त्रिक साधना, कुण्डलिनी महायोग साधना, चिकित्सा ज्योतिष शास्त्र जस्ता विधाहरूमा गहिरो अभ्यास गरेका छन्।
मास्टर डिग्री सकेपछि भारतका थुप्रै ज्योतिषहरूसँग अनुभव साटासाट गर्न पाएका उनले ज्योतिषशास्त्रमा आफूलाई अझ प्रगाढ बनाए।
📊 वैज्ञानिक दृष्टिकोण
उनी परम्परागत ज्योतिष मात्र नभएर वैज्ञानिक आधारमा फलादेश गर्ने ज्योतिषीका रूपमा परिचित छन्। उनी IMMC, JPL, NASA जस्ता संस्थाहरूले प्रदान गरेका ग्रह-गणनाका तथ्यांकहरूको आधारमा आधुनिक पद्धतिमा ग्रहको प्रभाव मूल्याङ्कन गर्छन्।
उनी भन्छन् –
> “पृथ्वी गोलाकारबाट अण्डाकार हुँदै गइरहेको कुरा वैज्ञानिकले प्रमाणित गरिसकेका छन्, त्यसैले ग्रहहरूको प्रभाव पनि अघिल्लो पुस्ताको गणित भन्दा केही फरक हुन्छ।”
🧘♂️ विशेषता र जनमानसको विश्वास
सेवाग्राहीहरूका अनुसार, प्रबिण तिमिल्सेना कुण्डली हेर्नु अघिनै धेरै कुरा पूर्वानुमान जस्तै स्पष्ट रूपमा बताउँछन्।
धेरैले उनलाई “कलियुगका सर्बदर्शी ज्योतिषी” भन्दै सम्मान गरेका छन्।
यति मात्र होइन, डाक्टर ,धामी,झाँक्री अन्य ज्योतिषले पत्ता लगाउन नसकेको रोग र अन्य बिबिध समस्याहरू समेत उनी तुरुन्तै पहिचान गर्ने क्षमताका कारण सेवाग्राही अचम्मित हुने गरेका छन्।
उनी १० मिनेटमै वैदिक, वैज्ञानिक र तान्त्रिक विधिबाट समाधान दिने उल्लेखनीय ज्योतिषी हुन्।
🏅 सम्मान र उपलब्धिहरू
उनले हालै “Honorary Doctorate in Astrology and Vastu” प्राप्त गरेका छन्। साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मानित समेत भएका छन्।
उनी अनलाइन सेवा (WhatsApp/IMO/Viber/Botim: 9811836456) तथा प्रत्यक्ष सेवा दुवै मार्फत परामर्श दिइरहेका छन्।
🎶 सांगीतिक तथा अन्य रुचि
प्रबिण तिमिल्सेना कुशल बाँसुरीवादक, रिदम वादक, गायक मात्र नभई पत्रकार, आध्यात्मिक साधक तथा योगीको रूपमा पनि परिचित छन्।
🌐 अनलाइन उपस्थिति
उनी आफ्ना कार्यक्रमहरू टिकटक, साथै “ज्योतिष प्रबिण तिमिल्सेना” नामक फेसबुक पेजमार्फत साझा गर्दै आएका छन्।
Source : Astrologer Praveen Timilsena



प्रतिकृया दिनुहोस्