सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

सोलुखुम्बुमा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ

सोलुखुम्बु, सोलुखुम्बुमा आफ्नै हजुरबुबाको कुटपिटपछि मृत्यु भएको घटनामा प्रहरीले २३ वर्षीय नाति निर बहादुर विश्वकर्मालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी ५० वर्षीय कृष्ण गोपाल विश्वकर्मामाथि सोमबार राति कुटपिट भएको थियो। गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी नुनथलामा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको टोलीले हत्या गरेको अभियोगमा निर बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।