नेकपा एमालेको ११औँ महाधिवेशनले दुनियाँ चकित पार्यो! लोकतान्त्रिक परिपक्वताको ऐतिहासिक सन्देश
काठमाडौं – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले नेपाली राजनीति मात्र होइन, सिंगो दुनियाँलाई नै चकित पार्ने गरी ऐतिहासिक सन्देश दिएको छ। विरोधीहरूलाई मुखतोड जवाफ दिँदै, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, एकता र अनुशासनलाई सगौरव प्रमाणित गर्दै नेतृत्व चयन सम्पन्न भएको छ।
महाधिवेशनमा सहभागी प्रिय प्रतिनिधि कमरेडहरूले देखाएको राजनीतिक परिपक्वता, धैर्य र बुद्धिमत्तापूर्ण निर्णयले एमालेको संगठनात्मक शक्ति अझ मजबुत भएको स्पष्ट संकेत दिएको छ। निर्वाचित सम्पूर्ण नेतृत्वप्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
त्यसैगरी, प्राविधिक रूपमा केही मतले पछि परेका नेताहरूलाई पनि उच्च सम्मानका साथ धैर्य राख्न, प्रतीक्षा गर्न र नआत्तिन आग्रह गरिएको छ। जितेकाले हारेकालाई समेट्न सक्नु र हारेकाले सहज रूपमा जनादेशको सम्मान गर्नु नै लोकतन्त्रको साँचो सौन्दर्य हो — र एमालेले यही सौन्दर्यलाई व्यवहारमा उतारेको छ।
यो जित–हारको प्रक्रियामा प्रत्यक्ष सामेल नभएकाहरूको भूमिकालाई पनि गहिरो अर्थमा व्याख्या गरिएको छ। योग्यता नपुगेर वा रुचि नभएर होइन, बरु यो चुनौतीपूर्ण घडीमा नेतृत्व निर्माणलाई सहज बनाउन एक कदम पछि हटिएको स्पष्ट सन्देश दिइएको छ।
“पार्टीले बोक्नुपर्ने अझै गरुङ्गो जिम्मेवारीको प्रतिक्षामा छौँ” — यो भनाइले एमालेभित्र अझ ठूलो त्याग, तयारी र भविष्यप्रतिको प्रतिबद्धता झल्काउँछ।
✍️ शिव अधिकारी
निवर्तमान सचिव
केन्द्रीय लेखा आयोग



प्रतिकृया दिनुहोस्