‘चुनाव सर्ने हल्ला भ्रम मात्रै हो’ — तोकिएकै समयमा निर्वाचन गर्न सरकार चट्टानझैँ दृढ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन गराउन सरकार चट्टानझैँ दृढ रहेको स्पष्ट पारेकी छन्।
सरकार गठनको १०० दिन पूरा भएको अवसरमा जारी भिडिओ सन्देशमार्फत उनले चुनाव सर्ने चर्चा निराधार र भ्रमपूर्ण भएको बताइन्।
प्रधानमन्त्री कार्कीको कडा सन्देश
“चुनाव सर्ने वा रोक्नेजस्ता हल्लाहरू पूर्णतः निराधार छन्।
यो सरकार तोकिएको समयमै, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न चट्टानझैँ दृढ छ।”
उनका अनुसार निर्वाचन नै नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो।
सुरक्षा तयारी पूरा, सेना परिचालन सुनिश्चित
प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाका लागि
‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत
नेपाली सेनाको परिचालन सुनिश्चित
गरिएको जानकारी दिइन्।
आन्दोलनका क्रममा लुटिएका १,३४२ थान हतियारमध्ये अधिकांश बरामद भइसकेको र
थप ३२ थान हतियार नियन्त्रणमा लिइएको बताइन्।
४६५ प्रहरी कार्यालय पुनः सञ्चालन
सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको दाबी
निर्वाचनका लागि ६ अर्ब ७३ करोड बजेट सुनिश्चित
सरकारले निर्वाचन आयोगलाई आवश्यक बजेट सुनिश्चित गरिसकेको प्रधानमन्त्री कार्कीले बताइन्।
८ लाख ३७ हजार नयाँ युवा मतदाता थपिए
मतदाता नामावली ऐन संशोधनपछि
निर्वाचन मिति घोषणापछि पनि
८ लाख ३७ हजार नयाँ युवाले मताधिकार पाए
कुल मतदाता संख्या १ करोड ८१ लाखभन्दा बढी
११४ राजनीतिक दलको सहभागिता
“११४ वटा राजनीतिक दल सहभागी हुनु लोकतन्त्रको जरा कति बलियो छ भन्ने प्रमाण हो,”
प्रधानमन्त्री कार्कीको भनाइ।
जेन–जी युवालाई विशेष अपिल
प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूलाई सडक होइन मतपत्रमार्फत परिवर्तन गर्न आग्रह गरिन्।
“सडकको आन्दोलनले प्रश्न उठाउँछ,
तर मतपत्रले समाधान दिन्छ।
तपाईंको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ।”
चुनाव सर्ने हल्लामाथि पूर्णविराम लगाउँदै सरकारको स्पष्ट सन्देश—
अब निर्णय मतदाताको हातमा!



प्रतिकृया दिनुहोस्