लागूऔषध विरुद्ध प्रहरीको कडा कारबाही: देशका विभिन्न स्थानबाट १३ जना पक्राउ
काठमाडौं, ४ पुस – अवैध लागूऔषध कारोबारविरुद्ध प्रहरीले देशका विभिन्न जिल्लामा एकसाथ कडा कारबाही गरेको छ। ब्राउनसुगर, खैरो हेरोइन र नियन्त्रित औषधिसहित १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
धनुषा
विदेह नगरपालिका–१ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सबैला नगरपालिका–२ का १९ वर्षीय राहुल ठाकुरपक्राउ परेका छन्।
सुनसरी
बराहक्षेत्र नगरपालिका–७ सोमबारेबाट ट्रामाडोल १९७ र स्पास्पेन १९७ ट्याब्लेट सहित २१ वर्षीय प्रदिप थापा पक्राउ।
इटहरी उपमहानगरपालिका–५ बाट ब्राउनसुगर ७ सय मिलिग्राम सहित २८ वर्षीय सन्तोष दमाई पक्राउ।
झापा
-
बुद्धशान्ति–३ डाँडागाउँबाट ब्राउनसुगर ८ सय मिलिग्राम सहित २७ वर्षीय बबिन राई पक्राउ।
-
दमक–३ भुटानी शरणार्थी शिविरबाट खैरो हेरोइन ३ सय ३० मिलिग्राम सहित ३ जना पक्राउ (आशिष राई, कुसल प्रधान, पुर्ण बहादुर राई)।
-
भद्रपुर–४ डाँगीबारीबाट ब्राउनसुगर २ ग्राम सहित २ जना (राजु राजबंशी र पारश गौरेपिप्ले) पक्राउ।
-
भद्रपुर–५ मेचीपुलबाट भारतबाट नेपाल आउँदै गरेका २३ वर्षीय राजेन राजबंशी लाई ब्राउनसुगर २१ ग्राम ९० मिलिग्राम सहित पक्राउ।
सिराहा
लहान–२३ गढिया चोकबाट खैरो हेरोइन १६ ग्राम ५ सय मिलिग्राम सहित २ जना (बिजय कुमार साह र सुरेन्द्र कुमार दास) पक्राउ।
दाङ
राप्ती गाउँपालिका–४ गोपिनालाबाट खैरो हेरोइन ३ सय ४० मिलिग्राम सहित २५ वर्षीय भुपाल थापा मोटरसाइकलसहित पक्राउ।
अनुसन्धान जारी
प्रहरीका अनुसार पक्राउ परेकाहरू विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।



प्रतिकृया दिनुहोस्