समानुपातिकतर्फको उम्मेदवार छनोट गर्न आजपाद्धारा कार्यदल गठन

समानुपातिकतर्फको उम्मेदवार छनोट गर्न आजपाद्धारा कार्यदल गठन

समानुपातिक तर्फको उम्मेदवार छनोटका लागि तिलक थापाको नेतृत्वमा आजपाले गठन गर्यो कार्यदल

आजपाले तिलक थापाको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्दै समानुपातिक तर्फको उम्मेदवार छनोट गर्दै

काठमाडौं, ४ पुस ।
आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ ।
आजपा सहअध्यक्ष तिलक थापामगरको नेतृत्वमा गठन भएको कार्यदलमा उमेश कुशवाहा र रन्जु साह रहेका छन् । तीन सदस्यीय कार्यदलले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको नामावली छनोटका लागि कार्य गर्ने छ ।

पार्टीको विधान, नीति, विचारलाई पालना गर्दै सक्रिय रहेका, पार्टी निर्माणमा योगदान गरेका, पार्टीद्धारा विगतमा घोषित विभिन्न आन्दोलनमा योगदान गर्ने लगायतका मापदण्ड अनुसार समानुपातिक तर्फको उम्मेदवार छनोट गर्ने अधिकार कार्यदललाई दिइएको आजपा कार्यालय सचीव रबिन्द्र सिंहले जनाएका छन् ।

यसैगरी आजपाले जिल्ला–जिल्ला, क्षेत्रबाट उम्मेदवारको सिफारिस गर्न समेत निर्देशन दिएको छ । २१ फागुनमा हुने निर्वाचन केन्द्रीत छलफलमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवार छनोट बारेमा बैठकले निर्णय गरेको हो ।


Source : Prabhu Shah