मत परिणामले देखायो प्रदीप ज्ञावलीको जनविश्वास, खुल्ला केन्द्रीय सदस्यमा दोस्रो स्थान
एमाले महाधिवेशन: यी हुन् सर्वाधिक मत ल्याउने पपुलार २० नेता (सूचीसहित)
काठमाडौं। नेकपा (एमाले) को ११औं महाधिवेशनबाट विभिन्न क्लस्टर अन्तर्गत खुल्ला केन्द्रीय सदस्यमा ७१ जना निर्वाचित भएका छन्।
खुल्ला तर्फ सर्वाधिक मत मिनबहादुर शाहीले २०२७ मत ल्याउँदै पहिलो स्थान हासिल गरेका छन् भने प्रदीप ज्ञावली १९४२ मतसहित दोस्रो स्थानमा रहन सफल भएका छन्।
त्यसैगरी मत परिणाम अनुसार
तेस्रो स्थानमा सुहाङ नेवाङ (१७२१),
चौथोमा कृष्णभक्त पोखरेल (१६९८),
पाँचौंमा किरण गुरुङ (१६२७) र
छैटौं स्थानमा कृष्णकुमार श्रेष्ठ ‘किसान’ (१५६०) मतसहित निर्वाचित भएका छन्।
सर्वाधिक मत ल्याउने पपुलार २० उम्मेदवारको सूची:
-
मिनबहादुर शाही – २०२७
-
प्रदीप ज्ञावली – १९४२
-
सुहाङ नेवाङ – १७२१
-
कृष्णभक्त पोखरेल – १६९८
-
किरण गुरुङ – १६२७
-
कृष्णकुमार श्रेष्ठ (किसान) – १५६०
-
खिमलाल भमहराई – १५५२
-
ऐनबहादुर मगर – १५४६
-
महेशकुमार बर्तौला – १५२९
-
पदम गिरी – १५१७
-
पार्वती गुरुङ – १४९७
-
देवीप्रसाद ज्ञावली – १४५३
-
भूमि त्रिपाठी – १४४९
-
ऋषिकेश पोख्रेल – १४२६
-
कृष्ण पोखरेल – १४२६
-
शेरबहादुर तामाङ – १४२२
-
जगतबहादुर विश्वकर्मा – १४१६
-
डा. भिष्म अधिकारी – १३९६
-
झपटबहादुर बोहरा – १३९२
-
किरण पौडेल – १३८६
एमालेको नयाँ केन्द्रीय नेतृत्व चयनसँगै पार्टीभित्र शक्ति सन्तुलन र भावी राजनीतिमा यी नेताहरूको भूमिकालाई विशेष चासोका साथ हेरिएको छ।



प्रतिकृया दिनुहोस्