मृत अवस्थामा फेला
काठमाडौं, २२ असोज
काभ्रे, तेमाल गाउँपालिका-८ माम्तीस्थित रोशी खोलाको बगरमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३२ वर्षीयामहिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
तनहुँ, भानु नगरपालिका-८ माझीगाउँ बस्ने ४२ वर्षीयासीता माझी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ लबनी बस्ने उमा कलवारको छोरा ९ वर्षीय दुर्गेश कलवार सोही ठाउँस्थित माछा पोखरीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुर, सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने ४१ वर्षीय सुजन खड्का आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
दार्चुला, महाकाली नगरपालिका–७ धापस्थित महाकाली नदीको किनारमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३६वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
बाजुरा, हिमाली गाउँपालिका-६ झुँगलास्थित कर्णाली नदीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २३ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-२ निबुगाउँ बस्ने ७७ वर्षीय कमल बहादुर तामाङ सोही ठाउँस्थित काठे खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
इलाम, इलाम नगरपालिका-११ सोयाक लाप्सेटारस्थित माईखोलाको बगरमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।



प्रतिकृया दिनुहोस्