आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं,२१ असोज

काठमाडौं महानगरपालिका-२८ बागबजार धर्मचक्रगल्लस्थित कैलाली घर भएका धर्म प्रसाद बजगाईले संचालनगरेको शान्ति श्री व्याइज होष्टेलमा सोमबार दिउँसो आगलागी हुँदा करिब ९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।