मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, ४ असोज    

पर्सा, पकहा मैनपुर गाउँपालिका-४ स्थित खेस्राहाबाट लहावरथकरी जाने बाटोको छेउमा रहेको नहरमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरी, महोत्तरी गाउँपालिका-२ बस्ने २८ वर्षीय राजेश कापर घर नजिकै रहेको पोखरीमा शुक्रबार मृत्यु अवस्थामा फेला परेका छन् ।

इलाम, सूर्योदय नगरपालिका-२ बौद्धधामस्थित झाडीमासोही गरपालिका- बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-५ घर भएका ३३ वर्षीय योगेस नेम्वाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।