अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं, ४ असोज    

रूपन्देही, सैनामैना नगरपालिका-११ बनकट्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ९० मिलिग्राम सहित ञ्चन गाउँपालिका-१ मन्दिर डाडा बस्ने २७ वर्षीय रेशम श्रीसलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।लाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।

झापा, झापा गाउँपालिका-४ पेच्कर बस्तबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ग्राम मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय फिरोज आलमलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाटखटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

कञ्चनपुर, पुनर्वास नगरपालिका- गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने १९ वर्षीया संगिता राना, लम्कीचुहा नगरपालिका-९ बस्ने २० वर्षीया रेनुका चौधरी र कञ्चनपुर बेलौरी नगरपालिका-४ बस्ने १८ वर्षीया किशोरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरसमेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-२७ जसौली गाउँबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-७ बस्ने ५० वर्षीय देवेन्द्र राउतबहुदरमाई नगरपालिका-२ सिरसियारी बैरिया टोल बस्ने ४०वर्षीय अशोक यादव रहेका छन् । स्थायी प्रहरी पोष्ट उदयपुरघुर्मी समेतबाट खटिएको प्रहरीले बडनिहारबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एन ०४९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सुनसरी टहरी उपमहानगरपालिका६ बस्ने३० वर्षीय गणेश श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीभारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

महोत्तरी, बर्दिवास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९७ ग्राम १ सय ६० मिलिग्राम सहित सिराहा मिर्चैया नगरपालिका-६ बस्ने २४वर्षीय रोहित महतोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।लाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख १८९८ नम्बरको हायस गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।