जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

अछाम, १ असोज

​१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा साँफेबगर नगरपालिका-४ जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

​महेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।