करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, ३० भदौ

​ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धि सेराफाँटस्थित निर्माणाधीन घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने सुनसरी घर भएका ४५ वर्षीय उपेन्द्र परियारको आइतबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

​महोत्तरी, एकडारा गाउँपालिका-२ बस्ने सुधिर पासवानकीछोरी ५ वर्षीया अनुष्का पासवानको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । आफ्नै घरमा टर्चलाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।