छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, भदौ    

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका८ गोठाटारस्थित सडकमा पहेलो पुलबाट जम्बुडाँडा तर्फ जादै गरेको बा.५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौं चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरा देवी दानीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जोरपाटीस्थित खरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनरी, गढी गापालिका४ छिटाहास्थित डकमा छिटाहाबाट चिमडीतर्फ जादै गरेको साकल शुक्रबार बेलुकी दुर्घटना हुँदा साकलयात्री बर्जु गाउँपालिका-६ बस्ने ७० वर्षीयकलकतिया चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीरघाते भएका उनको कोशी अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङ, बुढगंगा गाउँपिका-४ पशुपतिटोलस्थिसडकमा प्र.१-०२-००२ च ४६६५ नम्बरको पिकअपको ठक्करबाट सोही ठाउँ बस्ने शिहरी पौडेलको छोरा वर्षीय शम्भु पौडेलको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भका उनको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, रत्ननगर नगरपालिका-१ सौराहास्थित सडकमाभरतपुरबाट खैरहनीतर्फ जाँदै गरेको ना.३ ख ५७३७ नम्बरको बसको ठककरबाट पैदलयात्री खैरहनी नगरपालिका- बस्ने सिर्जना विककी छोरी वर्षीया समिरा विको शुक्रबार साँझमृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, गुलरिया नगरपालिका-३ बुढीखोलास्थित सडकमा गुलरीयाबाट खैरापुरतर्फ जादै गरेको भे.११ प ३८६३ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकसोही नगरपालिका-७ गुलरीयागाउ बस्ने २१ वर्षीय करण गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएकोहो

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।