नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद

नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद

मोरङ, २० भदौ

धनपालथान गाउँपालिका-२ गोसाई पोखरीबाट नियनत्रित लागूऔषध ट्रामाडोल १५ हजार ट्याब्लेट शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी अमाहिबरियातीबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले झोला फाली फरार भएपश्चात झोला तलासी गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।