सवारी दुर्घटनामा चार जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, १६ भदौ

बारा, तपुसिमरा उपमहानगरपालिका- पानट्याङकस्थित सडकमा बा.९० प ६७९४ नम्बरको मोटरसाइकल र बा.प्र.०६-००३ प १७५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुदा बा.प्र.०६-००३ प १७५३ नम्बरको मोटरसाइकल चालक सप्तरी घर भएका २८ वर्षीय महेश पण्डितबा.९० प ६७९४ नम्बरको मोटरसाइकल चालक रौतहट घर भएका २५ वर्षीय रोशन चौधरीरहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका महेशको एलएसन्यरो अस्पताल परवानपुररोशनको प्रादेशिक अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको हो । साथैदुर्घटनामा घाइते भएका बा. ९० प ६७९४ नम्बरको मोटरसाइकलमा सवार अन्य १ जनाको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको छ ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१०औद्योगिक क्षेत्र अगाडि सडकमा लु. ख ९२७२ नम्बरको बसको ठक्करबाट साइकलात्री तिलोत्तमा नगरपालिका१० बेहोरा बस्ने ५८ वर्षीय लाल बहादुर हरिजनको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रूपन्देही, सैनामैना नगरपालिका-१० फायरलाइनस्थित सडकमा लु.२ ख ६७६१ नम्बरको बसले लु.२९  प ६५४६ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्करदिँदा मोटरसाइकल चालक अर्घाखाँची सितगंगा नगरपालिका-१ बस्ने  १९ वर्षीय सुवाश बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको साझा हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।