डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, १५ भदौ

नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका–१४ अमरौट बस्नेहरिनारयण चौधरीकी छोरी २० महिनाकी अप्सरा चौधरीको घर नजिकै रहेको पोखरीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिन्धुली, गोलन्जोर गाउँपालिका-६ अर्चले बस्ने रबिन रम्तेलको २ वर्षीया प्रिन्सिका रम्तेलको आफ्नै घरको पानी ट्यांकीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

कास्की, पोखरा महानगरपालिका-१९ अकला बस्ने बागलुङ घर भएकी कल्पना पुनको छोरा ३ वर्षीय युनिक पुनको नालीले बागएर शुक्रबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँस्थित बाटोमा खेल्ने क्रममा अचानक नालीमा खसेर पानीले बगाई गम्भीर घाइते भएका उनको मातृशिशु अस्पताल बाटुलेचौरमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।