अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौं, १५ भदौ
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ सय ३८ किलो ८ सय ग्राम सहित ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका-८ घर भएका २१ वर्षीय सुदिप तामाङ, २०वर्षीय सबिन तामाङ, दोलखा सैलुङ गाउँपालिका-८ घर भएका २२वर्षीय सागर तामाङ, मकवानपुर राक्सिराङ गाउँपालिका-१ गडवाल बस्ने ३० वर्षीय प्रेमराज मोक्तान र सोही ठाउँ बस्ने २ जनाकिशोर रहेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडासमेतबाट खटिएको प्रहरीले नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१-००२ ज ६५४९ नम्बरको ईभि गाडीबाट १ सय १२ किलो ७ सय ९० ग्राम गाँजा फेला पारी चालक सुदिप तथागाडीमा सवार सबिन र सागरलाई पक्राउ गरेको हो । साथैबा.प्र.०६-००१ ज ०५०३ नम्बरको ईभि गाडीबाट २६ किलो १० ग्राम गाँजा फेला पारी गाडीमा सवार प्रेमराज र २ जना किशोरलाई पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७ सय ८० ट्याब्लेट सहित जुम्ला सिंजा गाउँपालिका-७ बस्ने २५ वर्षीय नबिन तिवारीलाईशनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, विरेन्द्रनगर नगरपालिका-१२ नेवारेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम, नगद ५ हजार रूपैयाँ र तराजु १ थान सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने २८ वर्षीय निरज बाबु राई, २४ वर्षीय विशाल राई र २१ वर्षीय अनोज थापामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले भे.३ प ४८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, भगवानपुर गाउँपालिका-१ भगवानपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मधुबनी लौकही पञ्चायत झौहरी ग्राम घोवयाही–१ बस्ने २४ वर्षीय मो. मिस्टर, २३ वर्षीय मोहमद मुस्तफा, भारत बिहार मधुबनी खुटौना पञ्चायत प्रसाही पुर्वी ग्राम मुरारपट्टि बस्ने ३८ वर्षीय अख्तर हुसेन र सप्तरी खडकनगरपालिका-६ बस्ने ४२ वर्षीय आविद हुसेन रहेका छन् ।अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बिआर ३२ एएक्स १४८३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बस्ने २९ वर्षीय सुबाश वलीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ३ सय ५०मिलिग्राम सहित मोरङ बेलबारी नगरपालिका-४ बस्ने ४० वर्षीयइन्द्र बहादुर गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले लौकहीबाट झुम्कातर्फ आउँदै गरेको बा.४६ प ८४०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-२ चैतुबारी बस्ने ३८ वर्षीयकिरण राजवंशीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनले संचालन गरेको दिवाकर फर्ममा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ५३ ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-१० बस्ने २२ वर्षीय नितेश पनेरू, भीमदत्तनगरपालिका-१८ बस्ने ३० वर्षीय प्रदिप नाथ र ३१ वर्षीय पारस शाह रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाटखटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ०३ सि ३८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।


