नियन्त्रित लागूऔषध सहित चार जना पक्राउ
- thantikhabar
- September 1, 2025
137
SHARES
काठमाडौं, १५ भदौ
रूपन्देही, बुटवल उपमहानगरपालिका-९ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ७० मिलिग्राम सहित शुद्धोधन गाउँपालिका-३ बस्ने १९ वर्षीया सुमित थारू समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-६ नारायणपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय नारायण डगौरालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७ मिलनचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीय समिर महत्तलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी
-
रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग
August 28, 2026 -
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

प्रतिकृया दिनुहोस्