जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं, ११ भदौ

​काठमाडौं महानगरपालिका-१५ अन्नपुर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४५ वर्षीय राजु नापित समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाईनगद २ लाख २१ हजार १ सय ४५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यकअनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।