प्रहरी महानिरीक्षक दिपक थापाबाट दर्ज्यानी चिन्ह सुशोभन

प्रहरी महानिरीक्षक दिपक थापाबाट दर्ज्यानी चिन्ह सुशोभन

काठमाडौं, भदौ

प्रहरी महानिरीक्षक दिपक थापाले हालै पदोन्नति हुनुभएका जना प्रहरी अधिकृतहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ

 नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ३०गतेको निर्णयअनुसार साउन २८ गतेबाट लागू हुने गरी प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका बीरेन्द्र थापा र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका राजु अधिकारीलाई प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको वृहत्तर हितमा थप कटिवद्ध र जिम्मेवार भई सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।

समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक बीरेन्द्र थापाले संगठनको हितमा कर्तव्यनिष्ठ भई आ-आफनो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।