आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २९ साउन

बारा, बारागढी गाउँपालिका-३ श्रिया टोल बस्ने रामअधार साह कानुको गोठमा बिहीबार बिहान आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाँचथर, हिलिहाङ गाउँपालिका-६ मानडाँडा बस्ने होमनाथ खतिवडाको गोठमा बुधबार राति आगलागी हुँदा करिब २ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

दैलेख, ठाँटीकाँध गाउँपालिका-६ बजार बस्ने लोक बहादुर थापाको घरमा जाजारकोट छेडागाड नगरपालिका-३ बस्ने ४० वर्षीय निशान परियारले संचालन गरेको जिसी सिलाई सेन्टरमा बिहीबार बिहान आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागीनियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धानगरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।