करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

नवलपरासी पश्चिम, २९ साउन

पाल्हीनन्दन गाउँपालिका-६ पडरी बस्ने ३५ वर्षीय रामकरन कहाँरको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ ।

आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटर जडित हेण्ड पाईप चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।