छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं, २९ साउन

मोरङ, विराटनगर महानगरपालिका-४ पिपल चकस्थित सडकमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश.१-०१-००१ख ४७०५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-५ बस्ने ९२ र्षीय दिल बहादर खत्रीको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

म्याग्दी, मालिका गाउँपालिका-५ ठलो ढाटरस्थित सडकमा दरवाङबाट रन्मतर्फ जाँदै गरेको ग.२ च ४३९२ नम्बरको  बलेरो अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा बलेरोमा सवार सोही गाउँपालिका-५ रन्म बस्ने ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बोलेरो चालक समेत ३ जनाको  फिस्टेल अस्पतल पोखरामा थप उपचार भइरहेको छ ।

बाजुरा, स्वामकार्तिक खापर गाउँपालिका-१ बर्कुस्थित सडकमा जोरबाट पिलुचौरतर्फ आउँदै गरेको भे.००१ त ०४८१म्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय पदम बुढाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको बर्कु स्वास्थ्य चौकीमा उपचार भरहेको   छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ स्थित सडकमा होराईजन चोकबाट योगिकुटीतर्फ जाँदै गरेको लु.९७ प १६४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-११ कैलापथ बस्ने ५० वर्षीया लोक कुमारी रेग्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भरहेको छ ।

धनुषा, गणेशमान चारनाथ नगरपालिका-६ चारनाथ पुलस्थित सडकमा .१ ख ९७१६ नम्बरको बसमा प्रदेश.२-०२-००४ प ४०४४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-७ गोदार बस्ने ३७ वर्षीय राजेश महत्तोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालकोट, खाँडाचक्र नगरपालिका-२ थामकोटस्थित सडकमा नेपालगंजबाट कालिकोट मेयरखोलातर्फ जादै गरेको भे.१ ४३२६ नम्बरको ट्रक सडकबाट करिब सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा चालक दैलेख घर भएका ४० वर्षीय मान बहादुर मगरको घटनास्थलम मृत्यु भएको छ ।

बर्दिया, राजापुर नगरपालिका-६ मानपुर टपरास्थित सडकमा राजापुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ ज १४४३ नम्बरको इभी गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ४१ वर्षीया चम्फी थरनीको मृत्यु भएको छ । बुधबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपालग मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानगरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।