ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, ५ साउन

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारीग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको भियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्ने धादिङ नेत्रावती गाउँपालिका-५ घर भएका २९ वर्षीय ुदिप सापकोटालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सुदिपले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महनागरपलिका-१५ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।